Saturday, June 28, 2014
विदेशी शिक्षाको परामर्श दुतावासका अधिकारीद्वाराकाठमाडौं, असार १४ - इक्यान शैक्षिक मेलामा नेपाल स्थित विभिन्न देशका दुतावासले आफनो मुलुकको शिक्षाको जानकारी दिन सेमिनार चलाउने गरेका छन् । मेलाको दोस्रो दिन बिटि्रस काउन्सिलले बेलायतको शिक्षा प्रणालीको बारेमा जानकारी गराएको मेला संयोजक रामचन्द्र पौडेलले बताए ।त्यस्तै मेला आयोजकले अष्ट्रेलियाको शिक्षाको बारेमा सेमिनार गरेका थिए । विभिन्न स्टलबाट आफू जान चाहेको मुलुकको शिक्षा बारे जानकारी लिएपनि थप सेमिनारमा भाग लिएपछि विद्यार्थीहलाई सहज भएको बताएका छन । पौडेलका अनुसार शुक्रबार २६ हजार विद्यार्थी र अभिभावकले मेलाको अवलोकन गरेका छन् । 'बिगतमा कस्तो रहेछ भनेर हेर्न मात्रै आउथे,'उनले भने,'यस पटकका अवलोकनकर्ता घुम्ने मात्र नभई केही बुझौ भन्ने खालका छन ।' त्यस्तै अभिभावक पनि मेलामा सहभागि विभिन्न देशको शैक्षिक जानकारी लिने गरेका छन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment