Wednesday, June 25, 2014

११ असार, वीरगञ्ज । पर्सा जिल्लामा पुनः एक महिला बोक्सीको आरोपमा निर्घात कुटिएकी छिन् । जिल्लाको मिर्जापुर -२ बस्ने रैफुल मियाँकी ४० वर्षीया श्रीमती सुशीला खातुनलाई बोक्सीको आरोपमा घरभित्रै थुनेर कुटपिट गरिएको उनका परिवारका सदस्यले बताएका छन् ।आफूलाई भुलाई यादव भन्ने जोद्धा यादव, प्रमोद यादव, जयराम यादव र भोज यादवलगायतलेबोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडित खानुतले बताइन् । कुटपिटबाट गम्भीर घाइते भएकी खातुनको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । घटनामा संलग्नहरुफरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पोखरीया पर्साले बताएको छ ।यसअघि पनि सोही ठाउँकी स्थानीय ३५ वर्षीया महिला सीता देवीमाथि कुटपिट भएको थियो । गत जेठ २ गते स्थानीय राधा साहसहितको टोलीले उनलाई कुटपिट गरेको थियो । कुटपिटमासंलग्न राधालाई पनि पर्सा प्रहरीले पक्राउ गरेको छ । रासस

No comments:

Post a Comment